पोखरामा तीन ग्रेडमा सयपत्री फूलको मूल्य, प्रति थुङ्गा २ देखि ५ रुपैयाँ
पोखरामा सयपत्री फूल प्रतिकेजी ४ सय रुपैयाँ
पाेखरा | कात्तिक २२, २०८०
पोखरा: पोखरा महानगरपालिकाले स्थानीय सयपत्री फुलको मूल्य तोकेको छ ।
बाहिरबाट सयपत्री तथा फूल आयातमा रोक लगाएको पोखरा महानगरपालिकाले तीन ग्रेडमा सयपत्री फुलको मूल्य तोकेको हो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरुको संयुक्त बैठकले सयपत्री फूलको तीन ग्रेडमा मूल्य निर्धारण गरेको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।
महानगरले तीन ग्रेडमा फूलको मूल्य निर्धारण गर्दै ५ देखि २० ग्राम सयपत्रीको फूलको मूल्य तोकेको हो । महानगरका अनुसार ए देखि सी ग्रेडको ५ देखि२० ग्राम फूलको प्रतिकेजी ४ सय रुपैयाँ मूल्य तोकेको छ ।
यस्तै १५देखि २० ग्रामको फूलको प्रति थुङ्गा ५ र प्रति मालाको २ सय, १० देखि १५ ग्राम फूलको प्रति थुङ्गा ४ सय मालामा १ सय ८० र ५ देखि १० ग्राम फुलको प्रति थुङ्गा १ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।
पोखरा महानगरपालिकाले पोखरामा सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएको छ । भने बजारमा प्लास्टिकको फूलमाला बिक्री वितरण गर्न समेत प्रतिबन्ध लगाइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

